काठमाडौं । चक्रपथ क्षेत्रको सरसफाइका लागि चलाइएको अभियानमा हजारौ व्यक्तिको सहभागिता भएको छ। चक्रपथ सफाइ अभियानको क्रममा सञ्चालन गरिएको अभियानमा करिब ११ टन फोहर सङ्कलन गरिएको छ।
प्रत्येक साता अभियानकै रुपमा सञ्चालन गरिएको उक्त सरसफाइमा फोहर सङ्कलन गर्नेकोे सङ्ख्या स्वतःस्फूर्त रुपमा ह्वात्तै बढेको छ। गंगबु बिजी महलबाट फोहर सङ्कलन गर्दे बसपार्क पुल सम्म पुगेर १६ औ हप्ताको अभियान समापन भएको थियो।
सफाइ अभियानमा काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, लायन्स क्लब, ग्रिनसिटी अस्पताल, यति हेल्थ साइन्स एकेडेमी, आमा समूह, होटल व्यवसायी सङ्घ, रानीबारी समाज, हिमालय बातावरण, हेराल्ड एकेडेमीलगायतका संस्था संलग्न छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिताले फोहर सङ्कलन अभियानलाई थप प्रभावकारी बनाएको फोहर सङ्कलन अभियानका संयोजक एवम् ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताएका छन्।
सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाईसमेत असर गर्न थालेपछि सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए ।
आइतवार, साउन १५, २०७४ मा प्रकाशित