ग्रीनसिटीमा १० जनाको निःशुल्क ओपनहार्ट सर्जरी (फोटो फिचर)
राजधानीको बसुन्धरामा रहेको सो अस्पतालमा बरिष्ट मुटु शल्यचिकित्सक डा.अनिल भट्टराईको नेतृत्वमा १० जना विरामीको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।शल्यक्रियाका लागि ४ लाख बढी खर्च हुने भएता पनि ओपन हार्ट सर्जरी सेवा विरामीका लागि निःशुल्क उपलव्ध गराउन सेभ द हार्ट, नेसनल हार्ट सेन्टर र अस्पताल स्वयंले आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले बताए ।सेभ द हार्ट र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको संयुक्त आयोजना एवम् डा.ललित जङ्ग शाहीको विशेष पहलमा गतवर्ष पुसमा डा.भट्टराईको टोली कालिकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पुगेको थियो ।सो शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका १ हजार ४ सयमध्ये २० जनामा मुटु रोगी मध्ये पनि जटिल अवस्था देखिएका १० जनालाई राजधानीमा ल्याएर निःशुल्क उपचार गराइएको हो ।त्यसरी निःशुल्क शल्यक्रिया सेवा प्राप्त गर्ने विरामीहरुमा कुमा गाँउ ९ कालिकोटका १२ बर्षिय सुनील दर्जी, भर्ता १ कालिकोटका ६ बर्षिय सुनील धिताल, मान्म ९ कालिकोटका ३० बर्षिया अम्विका पाण्डे रहेका छन् ।त्यसैगरी नानीकोट ७ कालिकोटका २४ बर्षिय मेघराज संजेल, मान्म ९ कालिकोटका २५ बर्षिय हिरा नेपाली, मान्म ५ का २९ बर्षिया विमला शाही, मेहलमुडी ५ का २१ बर्षीया सरिता बोहरा रहेका छन् ।त्यस्तै गरी मैदी १ धादिङका १९ बर्षिय एकबहादुर थापाको पनि सोही अबशरमा निःशुल्क रुपमा ओपनहार्ट सर्जरी गरिएको हो ।शल्यक्रियामा डा. भट्टराईलाई एनेस्थेसिया डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ र डा. आशिष अमात्य, पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुले सघाएका थिए ।
अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनले सेवा नै धर्म हो भन्ने उच्च आदर्शबाट प्रेरित भई विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको भन्दै आर्थिक अभावकै कारण कोही पनि उपचारबाट बन्चित नहोस भन्नकै लागि अस्पतालले निःशुल्क सेवा उपलव्ध गराएको टन्डनको भनाई थियो ।